Story
सुधाको संघर्ष र प्रतिबद्धता उनको सफलताको यात्रा र प्रेरणाको स्रोत बन्न पुगेको छ
सुधाको संघर्ष र प्रतिबद्धता उनको सफलताको यात्रा र प्रेरणाको स्रोत बन्न पुगेको छ
सुधा चौधरीको परिवारको पनि अरु कैमैयाको जस्तै आर्थिक विपन्नता थियो।उनका बुबाले
गाउँकै साहुँको जग्गा अधियामा कमाएका थिए।उनले चाहीं साहुको छोराछोरी हेर्नु परथियो।उनीहरुले केही
ऐलानी (बाँझो-सरकारी) जग्गा कमाएका थिए।त्यो पनि नदीले बगाएपछि आफू बसेको घरघडेरी बाहेक
उनीहरुसँग अरु जग्गा रहेन।खानपुग्ने जग्गा जमिन नभएकोले उनका परिवारले ज्याला मजदुरीबाट
आएको आयले घर परिवार चलाएका थिए।उनको परिवारमा
बुबा, आमा, हजुरआमा,
दाजु, भउजु, भाई,
बहिनी र दाजुका छोरा, छोरी गरी १० जना सदस्य छन्।उनका बाबु, आमा र दाजुले परिवार धान्न ज्यालामजदुरीमा गएर
त्यसबाट आयको रकमले परिवार चलाउछन्।उनीहरुले गाउँमा त्यति काम नपाउने हुँदा बाहिर गएर
पनि काम गर्नु पर्छ।कामको लागि बुबा, आमा कहिले धनगढी त कहिले महेन्द्रनगरसम्म जाने गर्छन्।दाजु चाँही गाउँमै काठको
काम गर्छन्।ठूलो परिवार भएपनि उनी भन्दा माथि घरमा कोही पढेलेखेको मानिस नभएको र पढाउनु
पर्छ भन्ने धारणाको कमिले गर्दा उनले सजिलै विद्यालय जान पाईनन।उनी ती दिन सम्झदै भन्छिन्
गाउँका साथीहरु पढ्न जाँदा आफूलाई पनि जान मन लाग्थ्यो बुबालाई मलाई पनि पढ्न पठाईदिनु
भनेर रुन्थे।बुबाले छोरीले किन पढ्नु पर्यो ? घरमा काम गर्नु पर्छ, पढाउन पैसा पनि
छैन भनेर विद्यालय पठाउनु भएन।
उनी आफू पढ्न जाँदाको कुरा याद गर्दै भन्छिन करिब १० वर्ष अगाडि तिरको कुरा हो एक्सनएड नेपालको साझेदार संस्था मुक्त कमैया समाजका अभियानकर्ता गाउँमा आएर अनौपचारिक बाल कक्षा संचालन गरेका थिए।उनी हाम्रो घरमा पनि आएर बुबालाई छोरीलाई (मलाई) पढ्न पढाउनु भनेर निकै सम्झाए त्यसपछि बुबाले मलाई बाल कक्षामा पढ्न पठाउनु भयो।एकवर्ष पछि गाउँकै विद्यालयमा ३ कक्षामा भर्ना गरिदिनु भयो।त्यो दिन म निकै खुसि भए।१ र २ कक्षा नपढी एक्कैचोटी ३ कक्षामा पढ्दा पनि म फेल भईन।पढ्दै जाँदा मैले दीपेन्द्र उच्चमाध्यमिक विद्यालय, हसुलियाबाट प्रवेशिका परीक्षा उत्तिर्ण गरे।अरु पढ्नको लागि मन त थियो तर पैसा थिएन।यसबीचमा मुक्त कमैया समाजमार्फत एक्सनएडको छात्रवृत्तिबारे जानकारी पाएर निवेदन हालेको थिए र मलाई पनि पर्यो। पढ्न पाए भनेर निकै खुसी लाग्यो।
हाल उनी रिच आउट टु एशिया (रोटा) को आर्थिक सहयोगमा एक्सनएडको छात्रवृत्ति कार्यक्रम अन्तरगत इन्स्टिच्युट अफ कम्युनिटि हेल्थ ट्रेडिङ्ग सेन्टर(आई.सी.एच), धनगढीमा आयुर्वेदिक एसिसडेन्ट अफ हेल्थ वर्कर (ए.ए.एच.डब्लु) पढ्दै छिन।छात्रवृत्ति पाएकोमा खुसी हुँदै उनि भन्छिन छात्रवृत्ति नपाएको भए आफ्नै खर्चमा पढ्न सक्ने हैसियत थिएन।सायद गाउँको कुनै विद्यालयमा पढाउथे वा सानोतिनो काम गरेर बस्थे होला।यहि मंसीर १ गतेबाट उनी पढाई (पाठ्यक्रम) सकिएर व्यवहारिक ज्ञानको लागि अन द जब टे«डिङ्ग (ओ.जे.टी) गर्न मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेदिक चिकित्सालय, विजौरी, दाङ्गमा गएकी छिन्।३ महिनाको ओजेटी सकेपछि सीटीईभिटीको प्रतिनिधित्वमा आफ्नो इन्स्टिच्युटमा प्रतिवेदन तथा अनुभव पेश गरे पछि अन्तिम नतिजा निस्कने उनी बताउँछिन।इन्स्टिच्युटमा पढेको कुरा र ओजेटीमा काम गर्दाको अनुभव उनी यसरी बताउँछिन इन्स्टिच्युटले मसँग सल्लाह गरेर भरखरै यहाँ पठाएको छ।विरामीलाई जाँच्ने, घाउँ सफा गर्ने लगायतका कामहरु सिकियो।जाडो महिना भएर होकि वा सरकारी आयुर्वेक चिकित्साल भएर हो विरामी कम आएका छन्।त्यसैले त्यतिधेरै सिक्न पाएको छैन।अझै सिक्नु पर्ने कुरा धेरै छन्।अरु ओजेटीको अवधि भित्र सिकिएला।आयुर्वेदिक पढ्दा रोजगारी पाउन सजिलो हुने र पढ्न रुचि भएर यतातिर लागेको हु।कसैले थप सहयोग गरेमा अझै पढ्छु नभए यो उत्तिर्ण भएपछि पहिले लोकसेवाबाट लिने परीक्षामा सामेल भई सरकारी जागिर खान्छु नपाए सरसापट गरी केही पैसा जुटाएर गाउँमै आयुर्वेदिक क्लिनिक खोल्ने विचार गरेको छु।उनले आफ्नो भावी सोच यसरी बताईन।