blog post

धान खेतीमा नयां तरिका, बिश्वास बढायो खैलाडबासीलाइ

कैलाली जिल्लाको सदरमुकाम धनगढी देखि करिब ८५ किलो मिटर दक्षिणमा खैलाड ४ ओखरपुर गाउं पर्दछ। यो बस्ति कैलाली जिल्लाको बाढी प्रकोपको दृष्टिले एकदम जोखिममा रहेको बस्ति हो। यो बस्तिमा धेरै जसो बर्षातको धान खेती लाई कन्द्रा नदीको बाढीले नोक्सान गर्छ।

रुपा चौधरी हप्ताको शानिवार नमुना कृषक पाठशालामा आउछिन । उनि कृषक पाठशालाकी अध्यक्ष हुन उनि  भन्छिन हाम्रो जमिन कम छ  खान लाउन धेरै अप्ठेरो पर्छ । सधै धान रोप्छौ पुरानै तरिकाले लगानी धेरै लाग्छ  तर उत्पादन थोरै हुन्छ । नयां धान लगाउने तरिका आज फाया नेपाल बाट थाहा पायौं।

फाया नेपालले ड्यान चर्चएडको सहयोगमा सघन धान खेती प्रणाली जेष्ठ महिना देखि खैलाड गाबिस वार्ड नं ४ आखरपुमा पाठशालाको माध्यम बाट संचालन गरेको हो। २५ जनाको समुहमा हरेक शानिबार पाठशाला चल्दछ, ३ घण्टाको पाठशालामा धानखेतीको बारेमा सम्पुर्ण कुराको छलफल चल्ने गर्छ।

३० से.मी.को दुरीमा लाईनमा एउटा धान रोप्यौं ५,६ वटा धानको बिरुवा त्यसमा पनि बाक्लो रोप्ने चलनमा बानी परेका हामी यो धान त रोप्यौ तर  के होला भन्ने लागेको थियो, गाउंलेहरुले पनि तिमीहरुले यो के गरेको भन्थे तर आज हरियो र गांज धेरै हालेको छ हामीलाई बिश्वास भयो हामी राम्रो काममा लागेका रहेछौ भन्छिन नमुना कृषक पाठशालाकी सहभागी आशा देबी चौधरी ।

आशालाई मात्र होइन पाठशालाका सबैलाई त्यस्तै लाग्थ्यो हिमलाली चौधरी भन्छिन बिउ पनि कम लाग्ने मल पनि कम हाल्नु पर्ने थोरै जमिन हुनेले मिहिनेत गर्नेहो भने धेरै धान फलाउन सकिने रहेछ भन्ने कुरा थाहा पाईयो र हामी आफ्नो खेतमा यो बिधी प्रयोग गरी धान रोप्छौं र धेरै धान फलाउछौ ।

पांच कट्ठामा फाया नेपाल द्धारा समुहमार्फतसंचालन गरिएको यो एस. आर. आई धान खेती बिधीले खैलाड बासी लाई उत्साह थपेको छ।