blog post

जैबिक तट्बन्धबाट खुशी छन कृष्णनगर बासी

थापापुर गाबिस वार्ड नं. ५ कृष्णनगर गाउं कैलाली जिल्लाको सदरमुकाम धनगढी देखी दक्र्षिण १०० कि.मी. दुरीमा पर्दछ।यो बस्ति  काडां नदीको किनारमा रहेको बस्ति हो।१०३ घरधुरी रहेको यो बस्ति सबै समुदाय मिलेर बसेका छन।यो बस्ति हरेक बर्ष कांडा नदीमा आएको बाढीका कारण कटान र डुवानले गर्दा नजिकको समुदाय र बिद्यालयमा केही दिन बिस्थापीत भई आश्रय लिन पुग्दछ।यो बस्तिका घर हरेक बर्ष बाढीका कारणले बनाउनु परेको गुनासो गाउंलेहरु गर्छन।

नदीले बाटो काटी सकेको छ घर नजिक पुगेकोछ हामी धेरै ठाउंमा पुग्यौ तर सहयोग पाएनौ।तर आज फाया नेपाल पायौं र फाया नेपाल र समुदाय मिलेर यो जैबिक तट्बन्ध निर्माण गर्न सफल भयौं र हाम्रो जमिन कटान कम हुन्छ  प्रकोप ब्यवस्थापन समितिका अध्यक्ष प्रशु राम लामाले बताए।

फाया नेपालद्वारा ड्यान चर्च एडको सहयोगमा अधिकारमुखी प्रकोप जोखिम ब्यवस्थापन परियोजना थापापुर गाबिसमा संचालनमा रहेको छ।हामीले गाबिस बाट सिफारिस लियौ र फाया नेपालमा गयौं फाया नेपालले १ लाख सहयोग दियो र हामी गाउंलेले १ लाख ४५ हजार ५० रुपैया बराबरको जनश्रमदान गर्यौं र आज यो तट्बन्ध बन्न सफल भयो।अब गाउमा पानी पस्ने र जमिन कटान कम हुने भयो प्रकोप ब्यवस्थापन समितिका कोषाध्यक्ष तारा लाल चौधरी बताउछन।आज भोली जैबिक तट्बन्ध निर्माणले खुशी भएका छन र समुदाय जुटेमा स्रोत प्राप्त गर्न सकिदो रहेछ  भन्ने कुरा महसुस भएको छ , थापापुर ५ कृष्णनगरबासीलाई।