Story
“चटपट व्यापारबाट जीवनशैलीमा सुधार हुँदै”
“चटपट व्यापारबाट जीवनशैलीमा सुधार हुँदै”
सानो चटपट व्यापारबाट दैनिक २०० देखि ३०० सम्म आम्दानी
हुदॉ चन्द्रामाया भुजेलको परिवारको स्थितीमा सुधारदेखिदै छ।
धनगढी नगरपालिका वडा नं. ७ देवहरियामा बस्ने चन्द्रामाया भुजेलको(४५वर्ष)घरको आर्थिक स्थिती निकै कमजोर रहेको परिवार संख्या ११ जनाको छ। १ कठ्ठा जमिन र त्यसमा बनेको कच्ची घर बाहेक अन्य सम्पतिको नाममा केहि छैन। जिविकोपार्जनका आधार श्रीमान् र श्रीमतीले दैनिक मजदुरी मात्र रहेको छ। परिवारको आर्थिक स्थिती कमजोर भएकाले छोराहरुलाई मा. वि. तह सम्म पढाएको तर आर्थिक अभावले उच्च शिक्षा पढाउन नसक्दा अर्काका पसलमा काम गरिरहेको चन्द्रमाया बताउछिन्। छोरी स्थानिय सरकारी विद्यालयमा कक्षा ८ मा पढदैछिन्।
चन्द्रमायामा घरको आर्थीक अवस्थामा सुधार ल्याउन स्थानिय ठॉउमा सानो व्यापार गर्ने सोच पहिला देखि नै भएपनि आर्थिक कठिनाइले योजना पुरा गर्न सकेकी थिइनन्। यसै क्रममा फाया नेपाल र अक्सफामको साझेदारीमा संचालित शहरी जोखिम व्यावस्थापन परियोजनाले २०६९ पौस देखि देवहरीयामा महिला सशक्तिकरण केन्द्र स्थापना र संचालन गरे पछि केन्द्रमा उनी सदस्य भई सहभागि हुन थालिन्। केन्द्रमा छलफलद्धारा महिलाहरु र स्थानिय सवालहरुको पहिचान र पैरवि अभियान संचालन हुन थाल्यो। त्यस्ता अभियानमा उनको सक्रिय सहभागिता हुने गर्दछ। केन्द्रले सदस्यहरु विच बचत कार्यक्रम संचालन गरी सदस्यहरुको जिविकोपार्जन योजनामा सहयोग गर्दछ। त्यसै क्रममा चन्द्रमायाले समुह समक्ष आफ्नो व्यवसाय गर्ने इच्छा व्यक्त गरिन। उनको योजना र इच्छालाई समुहका सदस्यहरुले स्विकार गरी रु ३५००। रिण प्रदान गरे। चन्द्रामायाले आनो घरको अगाडि सानो कच्ची घर बनाई त्यसमा चटपट व्यापार गरेकी छिन्। उनी भन्छिन् “समुहमा आवद्ध भएकाले रिण पाए, त्यसमा मजदुरी गरी बचाएको केहि रकम थप गरेर चटपट व्यापार सुरु गरेको छु। घर नजिकै विद्यालय भएकोले चटपट व्यापार बाट दैनिक २०० देखि ३०० सम्म आम्दानी भईराखेकेको छ ”। समुहको सानो सहयोगबाट घरको खर्च र केटाकेटीकोलाई कापीकलम किन्न सहज भएकोमा चन्द्रमाया खुसी छन। व्यापार राम्रै चलेकोले भविस्यमा त्यसलाई निरन्तरता दिने उनको योजना रहेको छ।