Story
केन्द्रको प्रयासले सिता खुसी भईन
केन्द्रको प्रयासले सिता खुसी भईन
दार्चुला जिल्लाबाट धनगढी झरेकी सिता धामी (धनगढी १, शान्तिनगर) धेरै लामो प्रयास पछी कानुनी उपचार
प्राप्त गर्न सकेकोमा खुशी छिन।
उनका श्रीमानले जागीरकको (प्रहरी) शिलसिलामा दार्चुलामा कार्यरत रहदो दोस्रो विवाह गरे। दोस्रो विवाह गरे पछि सितालाई हेला गर्नु, उनि र ३ जना छोरा छोरी समेतको गास बॉसको लागि कुनै वास्ता नगरी अनेक शारीरिक र मानसीक यातना दिन थाले साथै सम्र्पकमा आउनै छाडे।त्यो समय उनको जिवनको सैबभन्दा अप्ठेरो समय थियो।सिताका श्रीमान पुर्व सुरक्षा कर्मी हुन। उनले त्यो अफठ्यारा क्षणमा मेहनत र मजदुरी गरेर जिविकोपार्जन गर्दै आफ्नो पेट काटेर भए पनि छोरा छोरी पढाउने काम गरिन।
श्रीमानले गरेको अन्यायको बिरुद्ध न्यायको खोजि गर्दै २०६४ साल असारमा उनले एकल महिला समुहकी अध्यक्ष टिकेश्वरी हमाललाई गुहारीन, अध्यक्ष हमालको सहयोगले उनलाई श्रीमान् बाट आधा तलब दिने र मिलेर बस्ने सहमति गराइयो।३ बर्ष सम्म उनका श्रीमानले सहमतिको पालना गरे पनि त्यस पछि चासो राख्न छोडे।सहयोगी हात नभएका कारण उनी चुप लागेर बसी रहीन।यसै क्रममा २०६९ पुसमा धनगढी नगर पालिका १, शान्तिनगरमा फाया नेपाल र अक्सफामको साझेदारीमा संचालीत शहरी जोखिम ब्यवस्थापन परियोजना अन्र्तगत महिला सशक्तिकरण केन्द« स्थापना भयो। महिला सशक्तिकरण केन्द«का लागि सदस्य छनौट गर्ने क्रममा उनी पनी पर्न गईन्।एक हप्ता कक्षामा उपस्थित भएपछि उनले त्यँहा घरेलु हिंसा, महिला अधिकारबारे छलफल भएको पाउदा एकदमै खुसी भइन् र दोस्रो हप्ताको कक्षामा आफ्ना समस्या पनि राखिन।उनका समस्यालाई सहजकर्ता सपना भण्डारको सहजीकरण र केन्द्रका सदस्यहरुको सहयोगले २०६९ पुस १८ गते श्रीमान बिरुद्ध आधा सुविधा पाउ भनी जिल्ला प्रहरी कार्यलय (महिला सेल) मा धनगढीमा निवेदन दर्ता गराइयो ।
प्रहरी कार्यालयमा भएको छलफल र सहमती अनुसार श्रीमानले पाउने उपदानबाट तत्काल रु १,६०,०००।पाउन सफल भएकी छिन अन्य कुराको हकमा कानुन बमोजिम हुनेछ ।न्याय पाएकोमा खुसी हुदै उनी भन्छिन् “महिला सशक्तिकरण केन्द« नभएको भए मैले र मेरा छोरा छोरीले कहिल्यै न्याय पाउने थिएनौ, पाएको पैसाले सानो पसल खोली जिविकोपार्जनको योजना बनाएको छु ”।